२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सरकार देश विरुद्ध गइरहेकाले सत्ता छोडेर एमालेमा आउने क्रम ह्वात्तै बढ्यो – विशाल भट्टराई

काठमाडौं । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य विशाल भट्टराईले सरकार उल्टो दिशामा हिडिरहेको आरोप लगाउनुभएको छ । नागरिकलाई सास्ति दिने र देशविरुद्ध सक्रिय हुने बाहेक सरकारको अर्को काम नभएको उहाँको भनाई छ ।,

खोटाङ जन्मथलो भएर काठमाडौंका विभिन्न सञ्चार माध्यममा सक्रिय प्रेस चौतारी नेपाल निकट पत्रकारहरुको भेलामा भट्टराईले ‘अहिलेको सरकार लामो समय रहिरहे देशले ठूलो क्षति ब्यहोर्ने बताउनुभयो ।’ आम नागरिक मात्र हैन, सरकारका काम र गतिविधिले वितृष्णा जागेर सत्तारुढ दलका नेता-कार्यकर्ताहरुले नै पार्टी परित्याग गरिरहेका छन् भट्टराईले भन्नुभयो । अहिले ‘सत्तारुढ दलहरु छोडेर एमालेमा आउनेहरुको लहर नै चलेको छ ।’ भर्खरै मात्र खोटाङमा सयौंको संख्यामा नवप्रवेशीलाई स्वागत गर्न पाइयो । अरु पार्टीबाट आउनुभएका एक दर्जनजतिलाई जिल्ला कमिटी सदस्यमा नै जिम्मेवारी दिइयो, यो एमालेजनका लागि खुशीको कुरा हो भट्टराईले भन्नुभयो ।,

सत्ता स्वार्थीहरुको अंश–अंश मिलेर एमाले तत्कालका लागि अंकगणितमा मात्र पछि परेको जन-रोजाइमा एक्लैपनि पहिलो स्थानमा रहेको भट्टराईको भनाई थियो । भेलामा नेकपा एमालेका केन्द्रीय सदस्य रमेश पौडेल, एमाले कोशी प्रदेश कमिटी सदस्य देवन राई, प्रेस चौतारी नेपालका संस्थापक सदस्य समेत रहनुभएका नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डाक्टर महेन्द्र बिष्ट, प्रेस काउन्सिल नेपालका सदस्य दिपक पाण्डे, प्रेस चौतारी नेपालका पूर्व उपाध्यक्ष सइन्द्र राईले खोटाङ जिल्लाको विकासमा एमाले र पत्रकारहरुबीचको सहकार्य सम्बन्धमा रणनीतिक दृष्टिकोण राख्नुभएको थियो ।

प्रेस चौतारी नेपालका केन्द्रीय कोषाध्यक्ष इन्द्र आचार्यको अध्यक्षतामा भएको भेलाले एमाले र प्रेस चौतारी नेपाललाई बलियो बनाउँनका लागि रणनीतिक र कार्यमुलक कामहरु गर्दै जाने रुपरेखा तय गरेको छ ।,

 

 

 

प्रकाशित मिति : २०८० असार २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस