२०८१ मङ्सिर ८ गते शनिवार | 2024 November 23rd Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एमाले–माओवादी एकता बचाउन सकिएन, कमजोरीको समीक्षासहित अब नेकपा जगाउनुपर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कमजोरीको समीक्षासहित नेकपातिरै फर्कने जमर्को गर्नुपर्ने बताउनुभएको छ । कम्युनिष्ट पार्टीका संस्थापक स्व नारायणविलास जोशीको ३४ औं स्मृति दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री दाहालले नेकपा जगाउनुको विकल्प नरहेको बताउनुभएको हो ।

उहाँले एमाले–माओवादीबीचको एकता बचाउन नसकिएकाले अब फेरि कमजोरीको समीक्षासहित नेकपातिरै फर्कने जमर्को गर्नुपर्ने बताउनुभयो । उहाँले आफू र एमाले अध्यक्ष केपी ओली मिलेपछि धेरैलाई भय पैदा भएपनि एकता जोगाउन नसकिएको भन्दै दुखेसो पोख्नुभयो ।

‘मैले तत्कालिन एमालेका अध्यक्ष केपी ओलीसँग कम्युनिष्टहरुसँग एकता गर्न छिटो भन्दा छिटो हामीले आर्थिक समृद्धितर्फपनि जान सकिन्छ समाजवादतिर पनि जान सकिन्छ या डोर्याउन सकिन्छ भनेर भनेको थिए । र कम्युनिष्ट एकता भयो पनि देशको सबैभन्दा ठूलो शक्ति झण्डै दुईतिहाइ प्राप्त पनि भयो जनता ठूलो उभार र उत्साह देखापर्यो प्रतिक्रियाबादीहरुमा एउटा आंतक जस्तो भयो अब कम्युनिष्टहरुले ४०–५० वर्ष कति वर्ष शासन लाने हुन भन्ने भय थियो । तर दुर्भाग्य हामीले त्यसलाई बचाउन सकेनौं । त्यो एकतालाई बचाएर राष्ट्रको हितमा जनता समाजवादको हितमा जाने जो प्रचुर सम्भावना त्यो बचाउन सकिएन ।’

विश्वभरकै कम्युनिष्ट आन्दोलनको इतिहासमा एकता, संघर्ष विभाजनबाट गुर्जिदै अगाडि बढेको उदाहरण दिँदै उहाँले फेरि एकपटक एकता गर्न सबैले चिन्तन गर्नुपर्ने बताउनुभयो ।

‘म अहिले कसैलाई दोषारोपन गर्दिन कमरेड नायारणविलास जोशीप्रति सम्मान र श्रद्धा प्रकट गर्दैै गर्दा हामीले एकपटक असफल भएपनि हामीले फेरि त्यसबाट शिक्षा लिएर अगाडि बढ्ने उदेश्य राख्नुपर्दछ । एकचोटी असफल भयो भन्दैमा विश्वभरकै कम्युनिष्ट आन्दोलनको इतिहासमा एकता संघर्ष विभाजन फेरि रुपान्तरण एकता फेरि संघर्ष यस्तै अवस्थाबाट गुर्जिदै अगाडि बढेको छ । नेपालको कम्युनिष्ट आन्दोलन पनि त्यहि नियम अनुसार नै अगाडि बढेको छ ।आज हामीले फेरि एकचोटी विचार गर्नुपरेको छ ।’

प्रधानमन्त्री दाहालले हिजोको दिनमा कम्युनिष्ट आन्दोलन बचाउन नसक्नुको कारण खोजेर गम्भीर समीक्षा गर्नुपर्नेतर्फ ध्यानाकर्षण गराउनुभयो ।

‘सबैले चिन्तन गर्नुपर्यो कि हिजो केकारणले एकीकृत भएको कम्युनिष्ट आन्दोलन बच्न सकेन त्यहाँ विचारमा, राजनीतिमा, आचरण र संस्कृतिमा भावनामा कहाँ ऋुटी थियो । के प्रकृतिको कारण हाम्रो विभाजन भयो भन्ने गम्भीर समीक्षा गरेर त्यसबाट शिक्षा लिएर अगाडि जाने हामीले जमर्को गर्नुपर्छ । माधव र मैले के भनेका छौं भने फेरि नेकपा तिर फर्कनुपर्छ फेरि पार्टीलाई एकताबद्ध गर्नुपर्छ भन्ने कुरापनि हामीले भनेका छौं ।’ उहाँले भन्नुभयो ।

प्रकाशित मिति : २०८० असार १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस