२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सूर्योदय वोमी लघुवित्तको १ लाख ६९ हजार कित्ता संस्थापक सेयर बेच्न पुनः आवेदन माग

काठमाडौं । पहिलो प्राथमिकतामा रहेका संस्थापक सेयरधनीहरुबाट खरिदमा इच्छा व्यक्त नभएपछि लघुवित्तले जो कोही व्यक्ति तथा संघसंस्थाले खरिद गर्न पाउनेगरी आवेदन खुलाएको छ।

३५ दिने म्यादमा संस्थापकहरुबाट आवेदन नपरेपछि लघुवित्तले सेयर पुनः बिक्रीमा राखेको हो। खरिद गर्न इच्छुक जो कसैले आवेदन दिन पाउने छन्।

आवेदन ३५ दिनभित्र कम्पनीको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा लघुवित्तको कर्पोरेट कार्यालय इमाडोल ललितपुरमा पुग्नेगरि पेस गर्नु पर्नेछ ।

सेयरको बिक्री मूल्य भने बिक्रेताले तोके बमोजिम हुने उल्लेख गरिएको छ। सेयर संस्थापक सेयरधनीहरु रामेश्वरी श्रेष्ठ, देवेन्द्रकुमार श्रेष्ठ, नीलमकुमार जीटी, डोलेन्द्र पौडेल, बालकृष्ण विश्वकर्मा र कृष्णबहादुर बीकेले बिक्री गर्न लागेका हुन्।

प्रकाशित मिति : २०८० असार १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस