२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

गगन थापाको प्रश्न : एउटै मान्छे ५–६ पटक प्रधानमन्त्री कुनै देशमा हुन्छ ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले किन एउटै व्यक्ति ५ पटक, ६ पटक प्रधानमन्त्री बन्ने ? उत्तर के हो त्यसको ?’ भन्दै प्रश्न गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘यो कुनै गुटको कुरा होइन । कुनै आदरको कुरा होइन । सुरु गरौ न । खुला छलफल गरौं । नयाँ परम्परा र थिति बसाल्ने कुरा नगर्ने ?’ कुनैपनि देशमा एउटै मान्छे ५–६ पटक प्रधानमन्त्री कुनै देशमा हुन्छ ?

गगनले भन्नुभयो, ‘मैले नेपाली कांग्रेसभित्र विधि बसाल्ने, थिति बसाल्ने कुरा गरेको हो । कांग्रेसले केही भएन भनेर आत्मनिन्दा गर्ने वा सबै ठीकै छ भनेर अहंकार पालेर बस्न नहुने भन्दै थापाले आफ्नो बारेमा आत्मसमीक्षा गर्नुपर्ने धारणा राख्नुभयो । दोलखा–काठमाडौं संम्पर्क समितिले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा गगनर्ले ‘कांग्रेस बदलियो भने बदलिएको कांग्रेसले देश बदल्छ । यो देश बदल्नैपर्छ । बदलिएको कांग्रेसले मात्रै यो काम गर्न सक्छ । तर काँग्रेस बदल्न हामी प्रत्येक बदलिन तयार हुनुपर्छ भन्नुभयो ।

 

 

प्रकाशित मिति : २०८० असार १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस