२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

वृष राशि : असार १६, २०८०, शनिवारको राशिफल पढ्नुहोस्

वृष राशि
वृष राशिका मानिसहरुको कुरा गर्ने हो भने भोलिको दिन तपाइका लागि निकै राम्रो रहनेछ । कार्यस्थलमा तपाईले आफ्नो निर्धारित कार्यहरू समय अगावै पूरा गर्नुहुनेछ। उच्च अधिकारीबाट पनि शुभ समाचार प्राप्त हुनेछ । भोलि तपाईले नयाँ कामको प्रस्ताव पनि पाउनुहुनेछ। बेरोजगार, कामको खोजीमा यताउता भौतारिरहेकाहरुले काम पाउनेछन् । छिमेकीको सहयोगमा राम्रो रोजगारी मिल्ने संकेत देखिन्छ ।

आमाको माया मिल्नेछ । बुबाले व्यापारमा पैसा सहयोग गर्नुहुनेछ । जो घरबाट टाढा काम गरिरहेका छन्, उनीहरूले आफ्नो परिवारलाई धेरै मिस गर्नेछन्। तपाईले आफ्नो साथीहरूलाई पैसाको माध्यमबाट मद्दत गर्ने मौका पाउनुहुनेछ । सबै मिलेर पार्टीमा जाने कार्यक्रम बन्नेछ । विशेष व्यक्तिसँग भेटघाट पनि हुनेछ । जसले तपाइको अड्किएका कार्यहरू पूरा गर्न मद्दत गर्नेछ। तपाईको आकर्षक व्यवहारले अरूको ध्यान तपाइतर्फ आकर्षित गर्नेछ।

जो लामो समयदेखि आर्थिक संकटबाट गुज्रिरहेका थिए, उनीहरूले भोलि कतैबाट पैसा पाउन सक्छन् । जसले गर्दा जीवनका धेरै समस्याहरू हट्नेछन्। दिनको उत्तरार्धमा कुनै आकस्मिक शुभ समाचारले सम्पूर्ण परिवारलाई खुशी तुल्याउनेछ। तपाईको जीवन साथीको परिवारका सदस्यहरूका कारणले तपाइको दिन केही नराम्रो वा कष्टदायीपनि हुन सक्छ । परिस्थितिलाई जित्ने दृढ इच्छाशक्ति छ भने असम्भव केही छैन।

 

यसलाई यहाँ क्लिक गरेर हिन्दी लगायत अरु भाषामा पढ्न पाउनुहुनेछ ।

प्रकाशित मिति : २०८० असार १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस