२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

माधव नेपालमाथी ओलीको प्रहार : ठूलो भइसकेपछि पाक्ला भनेको फल प्वाक्लाक्क झर्‍यो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाह्य शक्तिको रिमोटबाट माधव नेपालले पार्टी विभाजन गरेको आरोप लगाउनुभएको छ ।

केशवप्रसाद बडालद्वारा लिखित सिंहावलोकन लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले पार्टी विभाजन गर्दा कति आन्तरिक र बाह्य कारण थियो, त्यो विश्लेषण गर्नुपर्ने बताउनुभयो ।

उहाँले माधवकुमार नेपाललाई कटाक्ष गर्दै भन्नुभयो, ‘आन्दोलनको क्रममा केही पात झर्दै जान्छन् । केही विरुवा बिग्रिन्छ । केही कोपिला र चिचिला पनि झर्छ । केही ठूला पनि झर्छन् । ठूला भइसकेपछि अब त पाक्ला पाक्ला भनेको बेलामा प्वाक्लाक्क झरिदिन्छ । आन्दोलनभित्र विभिन्न वैचारिक रोगहरु हुन्छन् । प्रवृत्तिगत रोगहरु हुन्छन् त्यसले लाग्छ । त्यही रोगले कहिलेकहिले केही मान्छेहरुलाई लान्छ । तर, आन्दोलन मर्दैन ।’

कम्युनिष्ट भनेर जे बुझिन्थ्यो आजको अवस्थामा त्यो नभएको उहाँले बताउनुभयो । ओलीले भन्नुभयो, ‘चिनियाँ कम्युनिष्ट पार्टीले कम्युनिष्ट नीति पनि छोड्यो भन्छन् । अनि फेरि त्यसलाई किन डेमोक्रेटिक भनेर किन नमान्या त ? कम्युनिष्ट नीति छाडेपछि डेमोक्रेटिक हुन्छ, नहुने के भएको त्यो ।’

प्रकाशित मिति : २०८० असार १० गते आइतवार
प्रतिक्रिया दिनुहोस