२०८१ मङ्सिर ७ गते शुक्रवार | 2024 November 22nd Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पहिरोमा हराएकाहरु भेटिने आश हराएपछि कुशको शव बनाएर दाहसंस्कार

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा पहिरोमा परी बेपत्ता भएकाहरुको दाहसंस्कार गरिएको छ । हराएको सातौँ दिनसम्म पनि नभेटिएपछि कुशको शव बनाइ परिवारले दाहसंस्कार गर्नुभएको हो ।

गत शनिबार राति आएको पहिरोमा परी एकैपरिवारका सासु, बुहारी र नाति बेपत्ता हुनुभयो । मेहेलेको भालुखोपका ६३ वर्षीया भगीमाया बुढाक्षेत्री, बुहारी ३३ वर्षीया सन्ध्या र नौ वर्षका नाति प्रज्वल बुढाक्षेत्री बेपत्ता हुनुभयो ।

चारजना बस्दै आएकोमा घरमुली यादव बुढाक्षेत्री पारिवारिक कामले नजिकैको गाउँ पेदाङ गएकाले बाच्न सफल हुनुभयो । कतारमा रोजगारीका लागि जानुभएका यादवका छोरा विदुर बुढाक्षेत्री फर्किएपछि कुशको शव बनाइ काबेली नदीमा अन्त्यष्टि कार्य गरिएको छिमेकी खेलप्रसाद बुढाक्षेत्रीले जानकारी दिनुभयो ।

पहिरोमा परी यसै वडाका तीनजनाको मृत्यु भएको छ । अन्य तीनजना घाइते हुनुभएको छ। घाइतेमध्ये एक जनाको विराटनगरमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०८० असार ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस