२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पुटिनले युक्रेनविरुद्ध लड्न प्रयोग गरेको निजी सैन्य समूहले नियन्त्रणमा लियो आफ्नै रुसी शहर

काठमाडौं । रुसको निजी सैन्य कम्पनी वागनर समूहले दक्षिणी शहर रोस्तोव–अन–डनलाई नियन्त्रणमा लिएको छ ।

वागनरका प्रमुख येवगेनी प्रिगोजिनले आफ्ना सैनिकहरुले रुसी शहरको सैन्य क्षेत्रलाई नियन्त्रणमा लिएको दाबी गरेका थिए । बीसीसीका अनुसार वागनरले रोस्तोव–अन–डन शहरमा रहेको रुसी सेनाको दक्षिणी मुख्यालय नियन्त्रणमा लिएको हो ।

 

एक भिडियोमा येवगेनी आफैं मुख्यालयमा देखिन्छन् । उनले रुसका रक्षामन्त्री र सेना प्रमुखले आफूलाई नेभेटे आफ्ना सैनिकहरु मस्कोतर्फ अघि बढ्ने बताए । उनले भनेका छन्, ‘हामी सेना प्रमुख र शोइगू (रक्षामन्त्री) सँग भेट्न चाहन्छौं । जबसम्म उनी आउँदैनन्, हामी यही रहन्छौं । रोस्तोव शहरलाई घेराबन्दी गर्छौं र फेरि मस्कोतर्फ अघि बढ्छौं ।’

यसैबीच मस्कोको दक्षिणी प्रान्तसँग जोड्ने महत्वपूर्ण राजमार्ग एम ४ बन्द गरिएको छ । लिपेत्स्क प्रान्तका गभर्नरले यसको पुष्टि गरे । साथै उनले प्रान्तका नागरिकहरुलाई शान्त हुन र घरभित्र रहन आग्रह गरेका छन् । येवगेनीले भने आफ्नो बाटोमा जो आउँछ, उसलाई समाप्त पार्ने चेतावनी लिएका छन् ।

समाचार एजेन्सी रोयटर्सले प्रकाशित गरेको एक तस्वीरमा रास्तोव शहरको सडकमा वागनर समूहका सैनिकहरु देखिन्छन् । यद्यपि उक्त तस्वीर कुन ठाउँको भन्ने खुलाइएको छैन ।

प्रकाशित मिति : २०८० असार ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस