२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर [ सूचीसहित ]

money exchange rate in nepal today

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्बजनिक गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज डलरको खरिद दर १३० रूपैयाँ ९७ पैसा र बिक्री दर १३१ रूपैयाँ ५७ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रूपैयाँ १ पैसा र बिक्री दर १४३ रूपैयाँ ६६ पैसा रहेको छ।

हिजो डलरको खरिद दर १३१ रूपैयाँ १० पैसा र बिक्रीदर १३१ रूपैयाँ ७० पैसा रहेको थियो भने युरो एकको खरिद दर १४३ रूपैयाँ २७ पैसा र बिक्री दर १४३ रूपैयाँ ९२ पैसा रहेको थियो ।

अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८८ रुपैयाँ ६१ पैसा र बिक्रीमूल्य ८९ रुपैयाँ १ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९९ रुपैयाँ ४४ पैसा, बेलायती पाउण्ड एकको खरिद दर १६६ रूपैयाँ ३५ पैसा र बिक्री दर १६७ रूपैयाँ ११ पैसा कायम गरिएको छ ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९४ पैसा र बिक्री दर ३६ रूपैयाँ ११ पैसा रहेको जनाएको राष्ट्र बैंकले मलेसियन रिंगिट एकको खरिद दर २८।२ रुपैयाँ रहेको छ भने बिक्री दर २८।३३ रुपैयाँ, साउदी अरेवियन रियाल एकको खरिदमा ३४ रुपैयाँ ९१ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७ पैसा तोकिएको छ ।

प्रकाशित मिति : २०८० असार ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस