२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपालको उत्कृष्ट प्रर्दशन, जिम्बावेको दोस्रो विकेट ढल्यो

nepal vs zimbabwe

काठमाडौं । आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगितामा नेपालले दिएको २९१ रनको लक्ष्य पछ्याएको घरेलु टिम जिम्बावेको दोस्रो विकेट लिएको छ।

नेपालका लागि गुल्झन झाले दोस्रो विकेट लिएका हुन्। उनले जिम्बावेका माधेवेरेलाई ३२ रनमा दीपेन्द्रसिंह ऐरीको हातबाट क्याच गराए। त्यतिबेला जिम्बावेको २३.२ ओभरमा १२७ रन थियो। सोमपाल कामीले पहिलो विकेट लिए। सोमपालले जिम्बावेका ओपनर जोएलर्डलाई २५ रनमा एलबिडब्लूको धरापमा पारे।

नेपालले बनायो २९० रन

जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा घरेलु टिमले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेटको क्षतिमा २९० रन जोड्यो। यो नेपालको एकदिवसीय खेलमा तेस्रो ठूलो स्कोर हो।

सुरुवाती दुई ओभरमा रन जोड्न नसके पनि नेपालले खेलमा उत्कृष्ट सुरुवात गरेको थियो। कुशल भुर्तेल र आसिफ शेखले नेपालका लागि अर्धशतक प्रहार गर्दै ३१.५ ‌ओभरमा पहिलो विकेटका लागि १७१ रनको कीर्तिमानी साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाए। यो साझेदारी नेपालका लागि एकदिवसीय खेलमा समग्र विकेट र पहिलो विकेटका लागि कीर्तिमानी साझेदारी हो।

दुर्भाग्यवस ९९ रनमा आउट हुन पुगेका कुशलले ९५ बलमा १३ चौका र २ छक्का प्रहार गरेका थिए। तर उनी टेस्ट टिमविरूद्ध शतक बनाउने ऐतिहासिक अवसरबाट भने चुके। शतक बनाउन एक रन बाँकी रहेको अवस्थामा कुशल मासाकाड्जाको बलमा बोल्ड हुन पुगेका थिए।

अर्का ओपनर आसिफ शेखले ६६ रन जोडे। उनले १०० बलमा ७ चौका हिर्काए। उनलाई पनि माजाकाड्जाले नै क्याच गराए।

प्रकाशित मिति : २०८० असार ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस