काठमाडौं । आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगितामा वेस्ट इन्डिजले अमेरिकालाई ३९ रनले पराजित गरेको छ । पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले ४९.३ ओभरमा १० विकेट गुमाएर २९७ रन बनाएको थियो ।
जवाफमा अमेरिकाले २९८ रनको लक्ष्य पछ्याउँदै निर्धारित ५०.० ओभरमा ७ विकेट गुमाएर २५८ रन मात्र जोड्यो । यसअघि आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगितामा नेपाल घरेलु टिम जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । नेपालले दिएको २९१ रनको लक्ष्य जिम्बावेले ४१.१ ओभरमा पूरा गर्यो ।