२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

राष्ट्रपति पौडेलको मुटुको समस्या फेरि बल्झियो, २ बजे राति अस्पताल भर्ना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा पुनः समस्या देखिएको छ । पौडेलको मुटुमा समस्या देखिएपछि २ बजे राति त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुर्‍याइएको थियो ।

स्रोतका अनुसार टिचिङबाट आज बिहान ५ बजे मनमोहन कार्डियो थेरासिस भास्कुलर एन्ड ट्रान्स प्लान्ट सेन्टरमा लगिएको छ । अहिले उहाँको सिसियूको क्याबिनमा राखेर उपचार भइरहेको स्रोतले बताएको छ ।

केही दिन अघि पनि मुटुमा समस्या आएपछि गंगालाल ह्दय रोग केन्द्र अस्पताल भर्ना हुनुभएको थियो । उहाँ अघिल्लो महिना मात्रै भारतको नयाँदिल्लीमा उपचार गरी फर्किनुभएको थियो ।

 

प्रकाशित मिति : २०८० असार २ गते शनिवार
प्रतिक्रिया दिनुहोस