२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपालबाट वैधानिक बाटो हुँदै घरेलु महिला कामदार लैजान यूएईको मुख्य चासो

काठमाडौं । यूएईले बुधबार नेपालसँगको श्रम समझदारी नवीकरणमा सहमति गर्न बसेको संयुक्त कार्य समूहको बैठकमा आफ्नोतर्फबाट मूल एजेन्डामा ‘नेपालबाट घरेलु श्रमिक पठाउन खुला गर्ने सहमति कार्यान्वयनको मुल एजेण्डा बनाएको छ ।

२०२०मा बसेको कार्यसमूहको बैठकमा नेपालले घरेलु श्रमिकलाई विदेश पठाउन लागेको प्रतिबन्ध खुला गर्न वातावरण तयार गर्ने प्रतिवद्धता जनाएको थियो । घरेलु श्रमिकका रुपमा अधिकतम् मात्रामा महिला श्रमिक जानछन् । घरमा काम गर्ने यस्ता श्रमिक रोजगारदाताबाट मानसिक, शारीरिक र आर्थिक शोषणमा परेको भन्दै नेपालले महिला श्रमिकको हकमा लागु हुने गरी श्रम समझदारी नभएका देशमा नपठाउने नीति लिएको छ ।

यूएई सरकारका तर्फबाट नेतृत्व गरेका असिस्टेन्ट अन्डर सेक्रेटरी अब्दुल्लाह अल्नुअमीले बैठकमा नेपाली अधिकारीहरुलाई प्रश्न गरेका थिए, ‘किन नेपालले घरेलु श्रमिक रोकिरहेको छ ? जबकि यसअघिको बैठकमा नेपालले घरेलु श्रमिकलाई यूएईमा जान दिने वातावरण बनाउने बताइसकेको थियो ।’ बैठकको नेतृत्व गरेका श्रम मन्त्रालयका सहसचिव राजीव पोखरेलले नेपालको वैदेशिक रोजगारको नीति, घरेलु श्रमिक विदेश पठाउनुअघि नेपालले खोजेको सुनिश्चितता र संसदको श्रम मामिला हेर्ने समितिले राखेको चासो र निर्देशनबारे यूएईका अधिकारीहरुलाई जानकारी गराउनुभयो ।

यूएईका अधिकारीहरुले घरेलु श्रमिकको हित रक्षाका लागि आफ्नो सरकार प्रतिवद्ध रहेको बताउँदै छिटो घरेलु श्रमिकलाई यूएई जान दिन अनुरोध गर्नुभयो । नेपाली पक्षले भने घरेलु श्रमिकको सुरक्षाका लागि आधारभूत रुपमा राखेका शर्तको पालना गर्ने सुनिश्चितता यूएई सरकारबाट आए घरेलु श्रमिक नरोकिने जवाफ दियो । यूएईमा नेपालबाट महिलालाई घरेलु कामदारको रुपमा जान पूर्ण प्रतिबन्ध लगाइएको छ । तर भ्रमण भिसाको नाममा ठगि भइरहेको छ । भिजिट भिसा बनाएर उतै काममा लगाउने बढिरहेको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ ३२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस