२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बेनी–जोमसोम सडकमा सिधा सवारी सुचारु

बेनी । बेनी–जोमसोम सडकमा सोह्र घण्टापछि सिधा सवारी सुचारु भएको छ । सडकखण्ड अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२, भुरुङ्ग तातोपानीमा रहेको कल्भर्ट पुल मंगलवार रातिको बाढीले बगाएपछि सडक अवरुद्ध भएको थियो । मंगलवार राति करिब १० बजेबाट अबरुद्ध बनेको सिधा यातायात आज दिउँसो दुई बजेटबाट सुचारु भएको अन्नपूर्ण–२, का वडा अध्यक्ष ओम फगामीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, कल्भर्ट बगाएको ठाउँमा कालीगण्डकी करिडोर सडक आयोजनाले डोजर परिचालन गरेर अस्थायी रुपमा खोलामा सवारी वारपार हुने गरि मर्मत गरेपछि सडकमा यातायात सुचारु भएको हो । सडक अबरुद्ध बनेपछि बिच बाटोमै रोकिएका सवारी साधन सडक सुचारु भएसँगै आफ्नो गन्तव्यतर्फ लागेका छन् । गत जेठ ६ गते रातिको बाढीले भुरुङ्ग–तातोपानीमा रहेको ३ मिटर लामो कल्भर्ट पुल भत्काएको थियो । पुल भत्काएपछि ह्युमपाइप राखेर अस्थायीरूपमा खोला वारपार गर्ने संरचना बनाइएको थियो । मंगलवार राति बर्षासंगै आएको बाढीले ह्युमपाइप र वरपरको सडक कटान गरेका थियो ।

यसैबिच बाढीले भुरुङतातोपानी बजारमा वितरण हुने खानेपानीको पाईप क्षतविक्षत बनाएपछि यहाँ खानेपानीको हाहाकार भएको छ । करिब ८० घरधुरी रहेको तातोपानीमा खानेपानीको करिब ५ सय मिटर बढी पाईपलाईन क्षति भएको छ । गाउँपालिकाले पाईप बगाएको ठाउँमा अर्को पाईपको बन्दोबस्त गर्ने गरि स्थानीयबासी खानेपानीको मर्मतमा जुटेका छन् । साथै सोही बाढीले विद्युतका केही पोल समेत बगाएको थियो । बाढीले तातोपानीबाट भुरुङ जाने सडकमा समेत क्षति पु¥याएको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ ३२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस