२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

जतापनि लाभकोपछि सरकार : वैरागीलाई आकर्षक पदमा पठाएर अर्याललाई तीन दिने मुख्यसचिव बनाउँदै

काठमाडौं । सरकारले आज नयाँ मुख्य सचिव नियुक्तिको तयारी गरेको छ । त्यसका लागि मन्त्रिपरिषद् बैठक बस्दै छ । नयाँ मुख्य सचिवको रुपमा डा. बैकुण्ठ अर्यालको सम्भावना छ । ‘हालका मुख्य सचिव शंकरदास वैरागीलाई कुनै आकर्षक पदमा व्यवस्थापन गरेर अर्याललाई मुख्य सचिव बनाउने तयारी छ,’ प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले बताउनुभयो ।

हालका सचिवहरुमध्ये सबैभन्दा वरिष्ठ रहनुभएका अर्याल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा हुनुहुन्छ । सचिवको रुपमा उहाँको पाँच वर्षे कार्यकाल आगामी असार तीन गते सकिंदै छ । त्यस अगाडि नै उहाँलाई मुख्य सचिव नियुक्त गर्ने तयारी भइरहेको स्रोतले बताएको छ ।

हालका मुख्य सचिव रहनुभएका वैरागीको कार्यकाल भने आगामी असोज मसान्तसम्म छ । आफ्नो उचित व्यवस्थापनको सर्तमा वैरागी, अर्याललाई मुख्य सचिव बनाउन तयार हुनुहुन्छ ।

प्रकाशित मिति : २०८० जेष्ठ ३२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस