२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

माइल्ड हर्टअट्याक भएर गंगालाल भर्ना राष्ट्रपति पौडेल डिस्चार्ज

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेललाई हृदयघात (माइल्ड हर्टअट्याक) भएको थियो । अस्पताल स्रोतका अनुसार पौडेलको मुटुको दाहिनेतर्फ एउटा नसा ७० प्रतिशत बन्द भएको पाइएको छ । ‘श्वासप्रश्वास र छाती भारी हुने समस्या भएपछि अस्पताल आउनुभएको थियो’ उपचारमा संलग्न एक चिकित्सकले भन्नुभयो, ‘उहाँलाई मायोकाड्रिएल इन्फ्राक्सन (हृदयघात) भएको हो ।’

राष्ट्रपति पौडेललाई आज बिहान ८ बजे डिस्चार्ज गरिएको गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले जनाएको छ। उहाँ मुटुमा असहज भएपछि जाँचका लागि मंगलबार बिहान गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना हुनुभएको थियो । मंगलबारै गंगालालमा पौडेलको एन्जिओग्राम गरिएको थियो।

अस्पतालले राष्ट्रपति पौडेलको अवस्था सामान्य रहेको पनि जनाएको छ। अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेललाई चौबिस घन्टाको अवलोकन र उपचारपछि डिस्चार्ज गरिएको जानकारी दिनुभयो ।

 

प्रकाशित मिति : २०८० जेष्ठ ३१ गते बुधवार
प्रतिक्रिया दिनुहोस