२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भ्यागुताको झ्याइँझ्याइँ बिहेपछि नभन्दै झमझम पानी पार्न थाल्यो

काठमाडौं । केही दिनअघिसम्म देशभरको तापक्रम उच्च विन्दुमा थियो। अत्यधिक गर्मीले तराईका कतिपय विद्यालय बन्द गरिए। कति किसानका बालीनाली सखाप भए। सूर्यको तापसँग पौंठेजोरी खेल्दै शीतल प्रदान गर्ने पानी पनि आकाशबाट थुप्रै दिन परेन। यस्तो खडेरीमा पानी कसरी पार्ने त ? मान्छेले परम्परागत शैली अपनाए। अर्थात् एउटा भाले र एउटा पोथी भ्यागुता खोजे अनि उनीहरूको झ्याइँझ्याइँ बिहे गराइदिए।

भरतपुर, चितवन, सर्लाही, झापा लगायत विभिन्न ठाउँमा भ्यागुताको बिहे गराइदिएको फोटो र भिडियो यति बेला सामाजिक सञ्जालहरूमा देखिएका छन्। नभन्दै झमझम पानी पर्न थालेको छ । देशका अधिकांश स्थानमा पानी परिरहेको छ । हिन्दुधर्मीहरूको विश्वास के छ भने भ्यागुता करायो भने भगवान इन्द्रकहाँ पानी पार्ने सन्देश पुग्छ र त्यसैको फलस्वरूप आकाशबाट वर्षा हुन्छ। सोही मान्यताका साथ विशेषगरी तराई क्षेत्रमा भ्यागुताको विवाह गराइदिने चलन छ। बिहे गराएपछि भ्यागुताको जनसंख्या वृद्धि हुने मान्यता रहेको संस्कृतिविद ओम धौभडेल बताउँनुहुन्छ र

ुभ्यागुता प्रायः अर्को साथी भयो भने मात्र कराउँछ। भ्यागुताको बिहे भएपछि उनीहरू सँगै बस्ने र सँगै कराउँदै हिँड्ने मान्यता छ। उनीहरूको जनसंख्या बढेपछि झन् सबै मिलेर कराउँछन्। त्यो संगीतजस्तो ध्वनी स्वर्गका राजा इन्द्रसम्म पुगेपछि पानी पर्छ भन्ने मान्यताका साथ तिनीहरूको विवाह गराइदिने गरिन्छ । कहिलेकाही यो तरिका काम लागेको समेत छ । स्मरणीय कुरा के छ भने यो सामाग्री तयार गर्दै गर्दा देशका धेरै ठाउँमा पानी परिरहेको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ ३१ गते बुधवार
प्रतिक्रिया दिनुहोस