२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आचार्य समाज एकीकृत गरेर विश्वभरका आचार्यहरुलाई एउटै छातामा समेट्न एक अर्का गाभिदै जाने सहमति

काठमाडौं । विभिन्न कालखण्डमा देशभर विभिन्न स्थानमा विभिन्न नाममा कौडिन्य गोत्रि आचार्यहरुका समाज गठन भएका छन् । आचार्य बन्धु समाज नेपाल आचार्यहरुको साथ–सहयोग र सेवाका लागि स्थापना भएको केन्द्रीय समाज हो । अहिले यस समाजमा एक अर्का गाभिएर एउटै समाज बनाउँने अभियान सञ्चालन भइरहेको छ ।

आज आचार्य बन्धु समाज नेपाल (काठमाडौं) र आचार्य बन्धु सेवा समाज (झापा) बीच विश्वभर रहेका विभिन्न समाज एउटा छातामा रहनेगरी गाभिदै जाने उक्त छातामा सबै आचार्यहरुलाई समेट्ने सहमति भएको छ । सहमति पत्रमा आचार्य बन्धु समाज नेपालका अध्यक्ष बाबुराम आचार्य र आचार्य बन्धु सेवा समाज (झापा) का अध्यक्ष ज्यो. पं. दिनेश आचार्यबीच हस्ताक्षर भएको छ । हस्ताक्षर भएको पत्रमा विश्वभरका आचार्यहरुलाई समेटेर अगाडि बढ्ने सहमति भएको उल्लेख छ ।

आज आचार्य बन्धु समाज नेपालको केन्द्रीय कार्यालय मध्यबानेश्वर काठमाडौंमा ६७ सय ४३ वटा वडा, ७५३ स्थानीय तह, सातै प्रदेश र विश्वभर रहनुभएका आचार्यहरुलाई एक गर्दै अगाडि बढ्ने सहमति भएको हो । काठमाडौंमा आचार्य सेवा सदन निर्माणका लागि आचार्य बन्धु सेवा समाज, झापाले सहयोग गर्ने अध्यक्ष ज्यो.पं. दिनेश आचार्यसहितका प्रतिनिधिहरुले प्रतिबद्धता जनाउनुभयो । असार १५ गते आचार्य बन्धु समाज नेपालले आयोजना गर्ने भनिएको दही चिउरा कार्यक्रमलाई प्रतिनिधिमूलक रुपमा सहभागीता जनाउने सेवा समाज कन्काई कोटीहोम, माईधाम झापाका अध्यक्ष दिनेश आचार्यले बताउनुभयो ।

हस्ताक्षरको समय दुबै समाजका प्रतिनिधिहरु तेज बहादुर आचार्य, योगेन्द्र प्रसाद आचार्य, रिङ कुमार आचार्य, रोहित आचार्य, एकराज आचार्य, जयराज आचार्य, भूमिराज आचार्य, बोलराज आचार्यको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २०८० जेष्ठ २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस