काठमाडौं । काठमाडौं महानगरपालिकाले सामाखुसीमा खोला छोपेर राखेको स्ल्याबहरू निकालेको छ। महानगरले सामाखुसी खोलामाथि खोला छोपेर राखिएको स्ल्याबहरू निकाल्न सुरू गरेको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिनुभयो । अहिले डोजरहरु सामाखुसीमा चलिरहेका छन् उहाँले भन्नुभयो ।
उहाँका अनुसार ती खोला छोप्न स्ल्याबहरू राखिएको थियो । अहिले खोलाको राइट अफ वे खोल्ने कार्य गरिएको हो। यस्तै खोलालाई प्राकृतिक रूपमा बग्न दिन अतिक्रमित गरी बनाइएका भैतिक संरचना हटाउन सुरू गरिएको हो।