काठमाडौं । १६ हजारभन्दा धेरै सर्जरी गर्ने डाक्टर गौरवको अल्पआयुमा नै निधन भएको छ । भारतको गुजरातका चर्चित मुटुरोग विशेषज्ञ सर्जन डाक्टर गौरव गान्धीको निधन भएको हो । गान्धीको हृदयघातका कारण मङ्गलवार निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
४१ वर्षीय गान्धी पेलेस रोडमा रहेको आफ्नो घरमा सुतेको अवस्थामा मङ्गलवार बिहान नउठेपछि परिवारले उहाँलाई अस्पताल लगेका थिए । डाक्टरले उहाँलाई मृत घोषित गर्दै हृदयघातका कारण ज्यान गएको बताएका भारतीय सञ्चारमाध्यम आजतकले लेखेको छ।
डा. गान्धीले आफ्नो मेडिकल करियरमा १६ हजारभन्दा धेरै व्यक्तिको मुटुको सर्जरी गर्नुभएको थियो । डाक्टर गान्धी फेसबुकमा ुहाल्ट हार्ट अट्याक क्याम्पेनु मा पनि जोडिनुभएको थियो । यो देशभर हृदयघातको कारण भइरहेको मृत्युको विरुद्ध एक अभियान थियो । उहाँले हृदयघातबाट बच्न विभिन्न तरिकाबारे बताउँदै आउनुभएको थियो ।