२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

Road Accident

काठमाडौं । काठमाडौं, तारकेश्वर नगरपालिका-६ धर्मस्थली सानोबाईपासस्थित सडकमा बा.२ ख ८४१३ नम्बरको बसको ठक्करबाट पैदलयात्री खोटाङ बराहपोखरी गाउँपालिका-४ घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका-७ फुटुङ्ग बस्ने १७ वर्षीय लप्सन राईको मंगलबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको ग्रिनसिटी अस्पताल बसुन्धारामा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चितवन, भरतपुर महानगरपालिका-२५ स्थित सडकमा शंकर चोकबाट बिशाल चोकतर्फ जाँदै गरेको बा-०३-००१ च १३८४ नम्बरको बोलेरो गाडीबाट लडेर सोही महानगरपालिका-२४ बस्ने ३६ वर्षीय रन बहादुर भुजेलको मंगलबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काभ्रे, बनेपा नगरपालिका-१३ नासिका मन्दिर अगाडि साँगाबाट बनेपातर्फ जाँदै गरेको बा.४ ख ४२९४ नम्बरको निसान गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ डेरा गरी बस्ने तिमाल गाउँपालिका-९ घर भएका ७० वर्षीय छेवाङ तामाङको मंगलबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको शिर मेमोरीयल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धनुषा, मिथिला नगरपालिका-६ किरान मिलस्थित सडकमा ढल्केवरबाट जनकपुरतर्फ जाँदै गरेको प्र.२-०२-००३ प २८७१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा चालक चितवन रत्ननगर नगरपालिका-१२ बस्ने २८ वर्षीय प्रशान्त वाग्लेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मोडल अस्पताल लालगढमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति : २०८० जेष्ठ २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस