रूपन्देही । रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेना जाँदै गरेको जीप आइतबार साँझ दुर्घटनामा पर्दा तीन जनाको मृत्यु भएको छ । लु १ च ९०२४ नम्वरको जीप रैनादेवी छहरा गाउँपालिका वडा नंं ८ सत्यवतीमा बेलुका ५ बजेको समयमा दुर्घटना भएको हो ।
दुर्घटनामा परी ३ जना घटनास्थलमै मृत्यु भएको, १५ जना घाइते भएको वडाअध्यक्ष रेमबहादुर रानाले जानकारी दिए । घाईतेहरुलाई स्थानीयबासी तथा प्रहरीको सहयोगमा उद्धार गरी उपचारको लागि बुटवल पठाएको छ। मृतकहरुको पनि पोष्टमार्टमको लागि बुटवल पठाएको छ ।
मृत्यु हुनेहरु मध्ये जीप चालक एक उनको नाम खुल्न सकेको छैन भने अन्यको पनि पहिचान खुल्न सकेको छैन् । जीप अत्याधिक लोड भएकोले साँघुरो बाटोमा लोड थाप्न नसकी व्याक भई दुर्घटना भएको जीप सडक बाट करिब ७० मिटर तल खसेको प्रहरीले बताएको छ । घटनास्थमा ईलाका प्रहरी कार्यालय भुझुङ, प्रहरी चौकी बल्ढेङगढी र ईलाका प्रहरी सालझण्डीबाट प्रहरीहरु परिचालन भएका छन् ।