२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अत्यधिक गर्मीका कारण मोरङ-सुनसरीका विद्यालय बन्द

विराटनगर । केही दिनयता अत्यधिक कर्मी बढेपछि विराटनगर र सुनसरीमा विद्यालयहरू बन्द गरिएका छन् । केही दिनयता पूर्वी तराईमा अत्यधिक गर्मी बढेपछि जनजीवन प्रभावित बनेको छ । बुधबार विराटनगरको तापक्रम ४१ डिग्री पुगेको थियो थियो । सुनसरी सदरमुकाम इनरुवासहित तीन स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् ।

इनरुवा नगरपालिकाले बिहीबारदेखि २४ गते बुधबारसम्मका बिदा दिएको मेयर केदार भण्डारीले बताउनुभयो । गर्मीका कारण बालबालिकामा विभिन्न किसिमको समस्या हुनबाट जोगाउनका लागि वर्षे बिदाबाट कट्टा हुनेगरी बिदा दिइएको उहाँले बताउनुभयो । त्यसैगरी भोक्राहा नरसिंह गाउँपालिकाले समेत गर्मीका कारण विद्यालयमा बिदा दिएको गाउँपालिका प्रमुख अजमल अख्तर अजादले जानकारी दिनुभयो ।

त्यहाँ १८ गतेदेखि २३ गते मंगलबारसम्म बिदा दिइएको छ । इटहरी उपमहानगरले आज र भोलि बिदा दिने निर्णय गरेको शिक्षा महाशाखा प्रमुख सूर्यप्रसाद सुवेदीले बताउनुभयो । त्यस्तै विराटनगर उपमहानगरपालिकाकाले गर्मीले स्वास्थ्यमा प्रतिकूल असर पर्ने सम्भावना बढेको भन्दै आज र भोलि महानगरपालिका क्षेत्रका सबै सार्वजनिक तथा संस्थागत विद्यालयमा बिदा दिएको छ । पूर्वनिर्धारित परीक्षा भने यथावत् रूपमा सञ्चालन हुने प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले बताउनुभयो ।

प्रकाशित मिति : २०८० जेष्ठ १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस