काठमाडौं । ‘बहाव’ फिल्मले थाइल्याण्ड भ्रमण अफर विजेता घोषणा गरेको छ । विजेता पाल्पा घर भई हाल बुटवलमा बस्ने विद्या न्यौपाने भएकी छन् । यो फिल्म गत चैत २४ गते रिलिज भएको थियो । राजधानीमा शुक्रबार एक कार्यक्रमबीच फिल्मकी अभिनेत्री सुरक्षा पन्तले गोला प्रथाबाट विजेता छनोट गरेकी हुन् । विजेता न्यौपानेले भ्रमणमा दुईतर्फी हवाई भाडा र तीन तारे होटलमा बसाइसहितको चार रात, पाँच दिनको टुर प्याकेज पुरस्कार स्वरुप पाएकी छन् ।
यसअघि निर्माण पक्षले ‘पुरस्कार जित्न योग्य हुनका निम्ति बहाव फिल्मको टिकट खल्ती एप मार्फत काट्नुपर्ने र खल्ती एपबाट फिल्मको टिकट काटेर फिल्म हेर्ने एक जोडीले एमडी होलिडेजको तर्फबाट थाइल्यान्डको टुर प्याकेजको घोषणा गरेको थियो । एमडी होलिडेजकी प्रमुख प्रतिनिधि बिनिता त्वयनाले ‘वहाब’को प्रमोसनमा जोडिन र अहिले विजेता घोषणा गर्न पाउँदा खुशी लागेको बताइन् ।
फिल्मले विजेताले विजेता घोषणा भएको दुई हप्ताभित्र एमडी होलिडेज ट्राभलको डेस्क वा खल्ती एपको सपोर्ट डेस्कमा सम्पर्क गर्नुपर्ने जनाएको छ । विजेताले विशेष परिस्थितिमा यात्रा गर्न असमर्थ भएमा, उसले आफ्ना परिवारका सदस्यहरूलाई नाता प्रमाणित हुने कागजपत्र देखाएर प्याकेजको लागि मनोनित गर्न सक्नेछन् । श्रीधर पौडेलको निर्माणमा तयार भएको फिल्ममा प्रमोद कँडेलको लेखन तथा निर्देशन छ । फिल्ममा सुरक्षा पन्त, कमलमणि नेपाललगायतका कलाकारको अभिनय थियो ।
विजेताले पालना गर्नुपर्ने केही नियम र सर्त
विजेताले विजेता घोषणा भएको दुई हप्ताभित्र एमडी होलिडेज ट्राभलको डेस्क वा खल्ती एपको सपोर्ट डेस्कमा सम्पर्क गर्नुपर्नेछ । यो टुर प्याकेज घोषणा भएको मितिदेखि तीन महिनासम्म मात्र मान्य हुनेछ । यो प्याकेज अरूलाई दिन योग्य हुने छैन । तर विशेष परिस्थितिमा विजेता यात्रा गर्न असमर्थ भएमा, उसले आफ्ना परिवारका सदस्यहरूलाई नाता प्रमाणित हुने कागजपत्र देखाएर प्याकेजको लागि मनोनीत गर्न सक्नेछ ।
थाइल्याण्ड भिसाको लागि फाइनान्सियल र अन्य कागजातको जिम्मेवारी विजेता स्वयंको हुनेछ । भिसा प्रोसेसिङको लागत प्याकेजमा समावेश गरिएको छैन र विजेता स्वयंले व्यहोर्नु पर्ने छ । यस्तै, फिल्म निर्माण टिमले कफी डेटको विजेता पनि घोषणा गरेको छ । ुबहावुको डिजिटल टिकेटिङ पाटर्नर रहेको खल्तीले कालीमाटी रहेको वान सिनेमाजमा आयोजना गरेको स्पेशल शोबाट यो कफी डेटको अप्सरा जैसी विजेता बनेकी हुन् । उनले अभिनेत्री सुरक्षा पन्तसँग लाजिम्पाटमा रहेको कफी एस्केपमा भेट गरेर कफी खाने अवसर प्राप्त गरेकी छन् ।